अधिनायकवादी कम्युनिस्ट सरकारले असली चरित्र देखायोः डा.महत

त्रिशूली । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिस्ट सरकार एक वर्ष नपुग्दै अधिनायकवादी भएको बताएका छन् ।
गृहजिल्ला नुवाकोटमा आइतबार आयोजित कार्यक्रममा डा.महतले दुईतिहाइका नाममा कम्युनिष्ट सरकारले जनतामाथि अधिनायकवादको ज्यादती गरिरहेको बताए ।
‘जनतालाई सपनाको भ्रमजालमा पारेर केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले सत्तामा पुगेपछि कम्युनिष्टहरूको असली चरित्र देखाएको छ’, उनले भने, ‘यो सरकार व्यवहारबाटै तानाशाही देखिएको छ ।’
डा.महतले जनताको समस्या समाधान र सुशासन कायम गर्न वर्तमान सरकार पूर्ण असफल भइसकेको बताए ।
सुशासन, समृद्धिको नारा खोक्रो नारा र आदर्शमा सीमित भइसकेको बताउँदै कांग्रेस नेता डा.महतले जनताले राज्यविहीनता महसुश गर्ने अवस्था बन्दै गएको बताए । उनले कांग्रेस सशक्तरुपमा सरकारी रबैयाविरुद्ध आन्दोलित हुने चेतावनी पनि दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत