प्रहरीभित्रै जबरजस्ती फसाइएका यी उच्च अधिकारीले पाए न्याय

काठमाडौं । जबरजस्ती ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फसाइएका दुई प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ ।
शाक्य हत्या प्रकरणको सूचना पाएर अनुसन्धान थालेको तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी र सुन तस्करीमा सघाउन रकम लिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा भएको हो ।
निलम्बन फुकुवा गरिएका खनालले सुन तस्करी समूहका नाइके चुडामणि उप्रेती ‘गोरे’ बाट तस्करीमा सघाउन रकम लिएको आरोप लागेको थियो ।
एसपी खनाल जिल्ला प्रहरी कार्यालय, मकवानपुरका तत्कालीन प्रमुख थिए । खनालले विमानस्थल प्रहरी कार्यालयमा बस्दा गोरे समूहबाट रकम लिएको आरोप लागेको थियो ।
महाशाखाको तत्कालीन जघन्य अपराध पिल्लरका प्रमुख डिएसपी प्रजित केसीको निलम्बन फुकुवा प्रक्रिया सुरू भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले केसीले निलम्बन फुकुवाका लागि ढिला गरी पत्र दिएकाले उनको प्रक्रिया पूरा भइनसकेको बताए ।
प्रहरी नियमावली, २०७१ मा भएको व्यवस्था अनुरुप फौजदारी अभियोगमा गिरफ्तारी भएलगत्तै उनीहरु निलम्बित भएका थिए ।
उच्च अदालत विराटनगरले साधारण तारेखमा छोड्न आदेश दिएलगत्तै सोही व्यवस्थाबाट उनीहरुको निलम्बन फुकुवा गरिएको छ ।
गृह मन्त्रालयका एक अधिकारीले गृहसचिव प्रेमकुमार राईले उनीहरुमाथिको निलम्बन फुकुवा गरेको जानकारी दिए । निलम्बन फुकुवा गरिएको पत्र प्रहरी प्रधान कार्यालयसम्म नपुगुञ्जेल उनीहरु प्रहरी सेवामा फर्कने छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत