कांग्रेस सभापतिको अधिकार कटौती गर्नुपर्छः डा.शेखर कोइराला

सिमरा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गुप–उपगुटको झमेलामा फसेको कांग्रेसलाई सुदृढीकरण गर्दै एक ढिक्का बनाउन सबैले आ–आफ्नो स्थानबाट लाग्नु पर्ने बताएका छन् ।
बाराको निजगढमा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘नेतृत्वलाई धेरै शक्ति दिँदा शक्तिको दुरुपयोग भएको हो । शक्ति दुरुपयोग हुन नदिन सभापतिको अधिकार कटौती गरिनु पर्छ । उनले विधानमा नै कांग्रेस सभापतिको अधिकार कटौतीको व्यवस्था हुनु पर्ने बताए ।
शक्तिकै दम्भले गर्दा कांग्रेसमा गुटउपगुट जन्मिँदा कार्यकर्ता दिक्कदार भएको डा.कोइरालाको भनाइ छ । गुट–उपगुटको अन्त्य गर्न आफूले प्रयास थालेको उनले बताए ।
डा.कोइरालाले देश संघीयतामा गइसकेपनि नेपाली कांग्रेस एकात्मक संरचनामा रहेकोले आउँदो निर्वाचनसम्म पनि पार्टीको भविष्य के हुने भन्ने चिन्ता रहेको बताए ।
यसैबीच, कांग्रेस नेता डा.कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्नु पर्ने बताएका छन् । उनले विमानस्थल अन्यत्र सार्ने आफ्नो भनाइ नरहेको स्पष्ट पारे ।
‘मेरो भनाइलाई अतिरञ्जित पारिएको हो, निजगढमै विमानस्थल बन्छ । तपाईहरू ढुक्क हुनुस्,’ उनले भने, ‘निजगढमा विमानस्थल बन्न नदिने हाम्रो धारण होइन ।’ निजगढमै विमानस्थल बन्नु पर्नेमा कांग्रेसको जोड रहेको उनले स्पष्ट पारे ।
विमानस्थल बनाउँदा जंगलमा रहेको कति रुख विरुवा काट्ने भन्ने सम्बन्धमा सरकारका मन्त्रीहरूकै अलग धारणा आएपछि रुख कटान गर्दा क्षति कम हुनु पर्ने आशयको आफ्नो अभिव्यक्ति रहेको उनले प्रष्ट पारे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत