कांग्रेसले बीस लाख सदस्य बनाउने, अब मासबेस्ड पार्टी हुने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको व्यवस्था हटाउने भएको छ । महामन्त्री पूर्णबहादुर खडका संयोजकत्वको विधान संशोधन समितिमा क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटेको छ ।
केन्द्रीय सदस्य रमेश लेखकले खुला सदस्यता अपनाउनेमा सहमति जुटेको बताए । उनले अब कांग्रेस पूर्ण रूपमा मासबेस्ड हुने बताए ।
अहिलेसम्म कांग्रेसमा साधारण र क्रियाशील गरी दुई किसिमको सदस्यता छ । व्यवहारमा साधारण सदस्यता अस्तित्वमा छैन ।
पार्टीको मुख्य सदस्यता क्रियाशील हो । त्यो पनि सबैका लागि खुला छैन । महाधिवेशनको मुखमा सम्बन्धित निकाय र नेताहरूको निगाहमा अगुवा कार्यकर्ताले मात्रै क्रियाशील सदस्यता पाउँछन् ।
अहिले कांग्रेसमा ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । १३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यताको विवाद थियो । ३५ जिल्लामा चर्को विवाद थियो ।
क्रियाशील सदस्यले प्रत्येक गाउँ र नगर कार्यसमितिको पदाधिकारीसहित क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । क्रियाशील सदस्यबाट चुनिएका क्षेत्रीय प्रतिनिधि जिल्ला र क्षेत्रको अधिवेशनको मतदाता बन्छन् । उनीहरूबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुन्छ ।
अनलाइनबाट समेत सदस्यता लिन सकिने प्रावधान राखिएको छ । क्षेत्रीय महाधिवेशन प्रतिनिधि छनोटबाटै अहिले देखिएको विवाद हट्छ ।
सदस्यता खुला हुनासाथ करीव २० लाख पार्टी सदस्य हुने अनुमान गरिएको छ । सबै सदस्यले वडा, गाउँपालिका र नगरमा मत दिएर क्षेत्रीय प्रतिनिधि र नेतृत्व छनोट गर्नेछन् ।
नयाँ व्यवस्थाअनुसार १९ वर्ष उमेर पुगेका इच्छुक सबै नागरिकले कांग्रेसको सदस्यता पाउने छन् । सदस्यता लिन महाधिवेशन कुर्नुपर्दैन ।
सदस्यता लिन वर्षमा एक तहको प्रशिक्षण लिनैपर्ने र पार्टीमा निरन्तर क्रियाशील रहनुपर्ने व्यवस्था राखिएको छ । सदस्यता अब केन्द्रले बाँड्ने छैन । गाउँ र नगर तहमै सदस्यता वितरणको व्यवस्था मिलाउने प्रबन्ध गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकार १ सय २१ सदस्यीय बनाउने तयारी भएको छ । त्यसको चालीस प्रतिशत समावेशी प्रतिनिधित्वबाट छनोट व्यवस्था छ ।
1 प्रतिकृया प्राप्त “कांग्रेसले बीस लाख सदस्य बनाउने, अब मासबेस्ड पार्टी हुने”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
राम्राे हाे प्रक्रिया