अर्काकी पत्नीसँग यौनसम्बन्ध राखेपछि मुण्डन

महोत्तरी । महोत्तरी जिल्लामा छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेको आरोपमा एक युवकलाई मुण्डनका साथै कालो मोसो दलेर गाउँ घुमाइएको छ ।
एकडारा गाउँपालिका—१ का एक युवालाई गाउँलेले मोसो दलेर गाउँ घुमाएका छन् । स्थानीय दीलिप मण्डललाई सैयौँको संख्यामा उपस्थित भएका गाउँलेले कपाल काटी मोसो दलेर जुत्ताचप्पलको माला लगाउँदै गाउँ घुमाएका थिए ।
एकडारा गाउँपालिका–१ का वडा अध्यक्ष रहेमान रेजा अनसारीका अनुसार उनले छिमेकी महिलासँग अनैतिक यौन सम्बध राखेका थिए ।
पटक पटक सम्झाउँदा पनि नटेरेपछि समाजिक दण्ड दिइएको उनले बताएका छन् ।
घरमा घेरा हाली निकालेर कपाल काट्नुका साथै अनुहारमा चुना र कालो टीका लगाएर गाउँ घुमाइएको थियो । गाउँपालिकाका अध्यक्ष रामछविला साहले महिला गर्भवती रहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत