गीतकार घमको ‘मुटु’मा पेस्लाले गरिन् कमालको नृत्य (भिडियो)

काठमाडौं । गीतकार करिश्मा घमको शब्दमा ‘नेपालकी छोरी…’ बोलको गीत रिलिज भएको छ । गीतमा गायिका मिलन अमात्यको स्वर रहेको छ । गीतकार घम बेलायतमा बस्दै आएकी छिन् ।
‘मुटु’ एल्बममा समावेस रहेको ‘नेपालकी छोरी’ गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । भिडियो मोडल पेस्ला कटुवालको अभिनय देख्न सकिन्छ ।
शिल्पी थिएटरबाट अभिनय सिकेकी पेस्ला म्युजिक भिडियोमा व्यस्त छिन् । पेस्लाले छिट्टै फिल्ममा डेब्यु गर्ने तयारी थालेकी छिन् । फिल्मका लागि उनले आन्तरिक तयारीमा समेत जुटेकी छिन् ।
‘म्युजिक भिडियोमा भन्दा अब मेरो लक्ष्य फिल्ममा छ’, उनले भनिन्, ‘कुराकानी चलिरहेको छ । सायद छिटै फिल्ममा मेरो डेब्यु देख्न सक्नु हुन्छ ।’
राजेश थापा मगरको संगीत र सुमन क्षेत्रीको संगीत संयोजन रहेको गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।
मुकेश हुमागाईको छायाँकन, अमृत चापागाईको सम्पादन, माला मगरको कोरियोग्राफ रहेको भिडियो विन्ध्यावासिनी मुजिक प्रा.लिले बजारमा ल्याएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत