बाँकेमा तरुण दलले असहाय नागरिकको आशीर्वाद पायो

नेपालगञ्ज । नेपाल तरुण दल बाँकेले नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक पुनःस्थापना सेवा केन्द्रमा रहेका असहाय तथा ज्येष्ठ नागरिकलाई कम्बल प्रदान गरेको छ ।
६५औं स्थापना दिवसको अवसरमा तरुण दलले ज्येष्ठ नागरिकको सम्मान स्वरुप जाडोमा ओढ्ने कम्वल प्रदान गरेको हो ।
३० थान कम्बल वितरण गरिएको तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहले जानकारी दिए । केन्द्रमा हाल ३८ जना असहाय, अशक्त तथा ज्येष्ठ नागरिक संरक्षणमा छन् ।
जाडोलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको अध्यक्ष शाहले बताए । उनले ज्येष्ठ नागरिकको सम्मान गर्नु सन्ततिको कर्तब्य भएको बताए ।
नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले ज्येष्ठ नागरिकको सेवामा सबैको हातेमालो जरुरी रहेको बताइन् । ‘ज्येष्ठ नागरिकलाई सम्मानसँगै माया, ममताको खाँचो छ’, उनले भनिन् ।
कार्यक्रममा क्षेत्र १ का सभापति माधवराम खत्री, क्षेत्र ३ का रमेश गुप्ता, नगर सभापति प्रशान्त विष्ट, नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक पुनर्थापना सेवा केन्द्रका अध्यक्ष सरिता खनाल, संस्थाका प्रमुख अभिभावक विजय गुप्ता, मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष निजामुद्धिन अन्सारी, नेपाली कांग्रेसका महासमिति सदस्य निरन्जनसिंह सिजापति, राकेशकुमार श्रीवास्तव, महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाह, तरुण दलका पूर्वकेन्द्रीय सदस्य सुदीप नरसिंह राणाको समेत उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत