जनताको मन जित्दै राप्ती गाँउपालिका, जगदम्बाले सम्हालिन कमाण्ड

मसुरिया । दाङको राप्ती गाँउपालिकाले छ वटा वडाहरुको शुक्रबार अनुगमन गरेको छ ।
सेवा ग्राहीलाई सेवा चुस्त दुरुस्त रुपमा प्रदान गर्ने कार्यलाई वडा गतरुपमा तिब्र बनाउँदै लैजान शुक्रबार अनुगमन गरेको हो ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल लगायतको टोलीले प्रथम चरणमा वडा नं ३, ४, ५, ६, ७ र ८ को अनुगमन गरेको छ ।
अनुगमनको क्रममा प्रत्येक वडामा वडा गत रुपमा सेवा लिन आएका नागरिक, सेवाग्राहीलाई तपाईलाई सेवा लिन कुनै समस्या केही परेको छ कि भनेर समेत सोधिएको थियो ।
अनुगमनमा भेटिएका केही समस्यालाई जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट सुल्झाउदै जाने र हुन र गर्न बाँकी काम आगामी आइतबारसम्म सुधार गरिसक्न निर्देशन दिइएको उपाध्यक्ष चौधरीले बताइन् ।
उपाध्यक्ष चौधरीले जनताको सेवामा कर्मचारीहरुलाई कुनै पनि कमी नगर्न निर्देशन दिएको बताउँदै कर्मचारीहरुको समस्यामा पनि गाउँपालिकाले ध्यान दिने प्रतिक्रिया दिएकी छिन् ।
राप्ती गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडाध्यक्ष र सदस्यहरु नेपाली कांग्रेसले जितेको छ ।
कांग्रेसले सेवाग्राहीहरुलाई छिटो छरितो तरिकाले सेवा दिन बेलाबेला केन्द्रबाट निर्देशन दिने गरेको छ । सोही निर्देशनलाई आधार बनाएर आफ्ना वडाहरुको अनुगमन गर्ने गरेको अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत