यो हो चाइनिजले बनाएको ओलीको मूर्ति

काठमाडौं । चीनको हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कं. लि.द्वारा आयोजित कला प्रदर्शनी बिहीबारदेखि काठमाडौंको दरबार मार्गमा शुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा हाल स्थिरता र शान्तिको अवस्था आएकाले नेपालले चीनसँत पनि कला तथा संस्कृतिको आदानप्रदान गर्न चाहेको बताए ।

उनले दुई देशबीच सम्पर्क सञ्जालको विकासले आपसमा आर्थिक क्रियाकलापसमेत बढ्न गई दुवै देश लाभान्वित हुने बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक दिवाकर राणाले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्दै गएको र यस वर्ष सेप्टेम्बरसम्ममा ९६ हजार चिनियाँले नेपाल भ्रमण गरिसकेको जानकारी दिए ।

कार्यक्रममा चिनियाँ कलाकारहरुले चीनले आफ्ना छिमेकीसँग पनि सांस्कृतिक सम्बन्ध कायम गर्ने सिलसिलामा कलाकारको टोली नेपाल भ्रमणमा आएको बताएका थिए।

उनीहरुले चिनियाँ राष्ट्रपतिको एक क्षेत्र एक मार्ग अवधारणाअनुसार संस्कृति, व्यापार तथा कलाले विश्वलाई जोड्ने अवधारणाअनुसार आफूहरू काठमाडौं आइपुगेको बताए ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ कलाकारहरुद्वारा ‘क्यालिग्राफी’, प्लादो मोडेलिङ, चिनियाँ सेरामिक तथा कागज कलाका विभिन्न किसिमका नमूना राखिएका छन् ।

Published : Thursday, 2018 October 25, 6:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया