कांग्रेसका युवा नेता महर्जनले ललितपुरमा गरे पूण्यको काम (तस्बिर)

ललितपुर । ललितपुरको चापागाउँमा आयोजित परिक्रमा पूजा कार्यक्रममा सहभागी पाँच हजारभन्दा धेरै भक्तालुहरुलाई नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनले शुद्ध पिउने पानी निःशुल्क उपलब्ध गराएका छन् ।
चापागाउँबाट बिहान शनिबार शुरु भएको परिक्रमा कार्यक्रम बेलुका सोही स्थानमा सगुन तथा प्रसाद खाएर भक्तालुहरु घरघर फर्किएको युवा नेता महर्जनले जानकारी दिए ।
‘नेवार समुदायमा चिबा लिने परम्परा छ’, उनले भने, ‘यस परम्परा र कार्यक्रममा सात गाउँका स्थानीय जनता सहभागी हुन्छन् ।’
चापागाउँको बुलुबाट चिबा लिने क्रममा शनिबार बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म चापागाउँ, ठेचो, सुनाकोठी, धापाखेल, हरिसिद्धि, सानो गाउँ र ठैब हुँदै पुनः चापागाउँमा आएर पैदल परिक्रमा सम्पन्न भएको थियो ।
कांग्रेसको राजनीतिमा सक्रिय महर्जन प्रदेश सभामा ललितपुरबाट प्रत्यक्षमा उम्मेदवार पनि बनेका थिए । करातेका पूर्व राष्ट्रिय खेलाडी महर्जन विभिन्न सामाजिक कार्यक्रमहरुमा सहभागी हुँदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत