चौतर्फी घेराबन्दीमा परेपछि वीपीलाई सम्झिए मुख्यमन्त्रीले

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शंकर पोखरेलले केपी ओलीलाई राजा वीरेन्द्र शाह र नेपाली कांग्रेसका नेता वीपी कोइरालासँग दाँजेर प्रशंसा गरेका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भइरहेका बेला मुख्यमन्त्री पोखरेलले ओलीलाई वीपी र वीरेन्द्रसँग जोडेर प्रशंसा गरेका हुन् ।

‘वीपी र राजा वीरेन्द्रपछि प्रम केपी ओली नै विश्व राजनीतिक मञ्चमा आफ्नो सार्थक उपस्थिति जनाउन सक्षम देखिनु भो । बधाई छ प्रम ओलीलाई’, मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर प्रशंसा गरेका छन् ।

नेकपामा ओली गुटका नेताको रुपमा परिचित पोखरेलका कारण प्रदेश ५ मा विवाद छ । गृहजिल्ला दाङमा आफ्नै ज्वाइँलाई नेकपाको जिल्ला अध्यक्षमा सिफारिस गरेपछि पोखरेलको आफ्नै पार्टीभित्र आलोचना हुँदै आएको छ ।

Published : Saturday, 2018 September 29, 9:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया