ओली सरकार गिराउने खेल भएको गृहमन्त्री आफैले स्वीकारे

तम्घास । गृहमन्त्री रामबहादुर थापाले अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकारलाई घेराबन्दी गर्ने काम भएको दावी गरेका छन् ।

गृहजिल्ला गुल्मीमा शनिबार आयोजित कार्यक्रममा मन्त्री थापाले अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकारलाई घेराबन्दी भएको बताए ।

बलात्कार, हत्या जस्ता जघन्य अपराधका दोषी पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला गृहमन्त्री थापाले सरकार घेराबन्दीमा परेको बताएका हुन् ।

‘‘सरकारले देशमा व्याप्त भ्रष्टचार, बलात्कार, तस्करी र ठगलाई नियन्त्रण गरी कारवाहीको दायरामा ल्याएकाले अपराधी जर्मुराएका हुन्’, उनले भने, ‘यसैले पनि सरकार गिराउने ठूलो षड्यन्त्र र खेल हुँदैछ ।’

विभिन्न खाले गतिविधिले अपराधीमाझ कडा रुपमा प्रस्तुत भएकै कारण सरकारलाई गिराउने षड्यन्त्र भइरहेको थापाको भनाइ थियो ।

कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीको सरकार चौतर्फी असफल भएको आरोप लागेका बेला गृहमन्त्री थापा आफैले सरकार ढाल्ने षड्यन्त्र भएको बताएका हुन् ।

Published : Saturday, 2018 September 29, 9:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया