एसपी विष्टको डिएनए रिपोर्ट आयो, निर्मलासँग मिल्ला ?

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका निलम्बित एसपी डिल्लीराज विष्टको डिएनए रिपोर्ट आएको छ । विष्टसहित तीनजनाको डीएनए परीक्षणको रिपोर्ट आएको हो ।
भदौ २८ मा निलम्बित एसपी विष्ट र उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणका लागि रगतको नमूना संकलन गरिएको थियो ।
डिएनए रिपोर्ट शुक्रबार कञ्चनपुर आइपुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कठायतले रातोपाटीलाई जानकारी दिएका छन् ।
सिलबन्दी गरी आएको डिएनए रिपोर्ट खोलिएको छैन । डिएनए रिपोर्ट आइतबार सरकारी वकीलसँग परामर्श गरेर अदालतमा पेश गरिनेछ ।
तीनजनाको डिएनए परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा गरिएको थियो ।
साउन १० गते रोशनी बमको घर गएकी निर्मला पन्तको साउन ११ गते बिहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत