प्रचण्डलाई प्रधानमन्त्री बन्न हतारो, ओलीका खराब दिन शुरु

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत महिनाभित्र आफू प्रधानमन्त्री बन्ने बताउन थालेको खुलासा भएको छ ।
आफू निकटका पूर्वमाओवादी केन्द्र पृष्ठभूमि भएका नेता र वृद्धिजीवीहरुसँग प्रचण्डले केपी आलीलाई फालेर चैतमा प्रधानमन्त्री बन्ने बताउने गरेको वामपन्थी राजनीतिक विश्लेषक भरत दाहालले सामाजिकसञ्जाल मार्फत जनाएका छन् ।
‘म चैत महिनाभित्रै प्रधानमन्त्री बन्दै छुँ’, प्रचण्डको भनाइ उदृत गर्दै विश्लेषक दाहालले भनेका छन्, ‘तपाईंले सहयोग गर्नु पर्यो नत्र सरकार चलाउन गाह्रो छ ।’
प्रचण्डले केपी ओली सरकारको आलोचना गर्न थालेका छन् । प्रचण्डका निकटका नेताहरु अग्नि सापकोटा, हरिबोल गजुरेलसहितका नेताहरुले ओली सरकारको कडा आलोचना गर्दै आएका छन् ।
नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बौद्धक तहका केही व्यक्तिहरूलाई हालै भेटेर व्यक्तिगत रूपमा यस्तो अनुनयविनय गरिरहेको वामपन्थी राजनीतिक विश्लेष्क दाहालले बताएका छन् ।
‘ईण्डियनहरूसंग दलभित्रको झगडाको रिपोर्टिङ गरेर फर्केपछि चिनियाँ मन्त्रीबाट टीसर्टमा शिष्टाचार स्वागत पाएका प्रचण्डलाई हेगको भूतले फेरि रन्थनाउन थालेको देखिन्छ’, विश्लेष्क दाहालले कडा टिप्पणी लेखेका छन् ।
ओली सरकारले देशमा शान्तिसुरक्षा बनाउन नसकेको, बलात्कारीलाई संरक्षण गरेको आरोप प्रचण्डले घुमाउरो भाषामा लगाउने गरेका छन् ।
प्रचण्डसँग बिच्किएका गृहमन्त्री रामबहादर थापाले ओलीसँग निकट हुन थालेको चर्चा पनि छन् ।
1 प्रतिकृया प्राप्त “प्रचण्डलाई प्रधानमन्त्री बन्न हतारो, ओलीका खराब दिन शुरु”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
प्रचण्डले ऐले हताराे गरि हाल्नु उचित नहाेला कि ? बरू सकै क्षेत्रकाे सहयाेग जुटाएर बाम सरकारले जनताकाे पक्षमा काम गरेर देखाउन तिर लाग्नु बेस हाेला।