ओली–प्रचण्ड नभएका बेला नेपालको निम्ता आतंक

काठमाडौं । पार्टी समायोजनमा पेलानमा परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरूका लागि चियापानको कार्यक्रम राखेका छन् ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशभित्र नभएको मौका छोपेर नेपालले स्थायी कमिटीका सदस्यहरूलाई चियापानको कार्यक्रम राखेका हुन् । चियापान कार्यक्रम असोज १२ गते शुक्रबार अपरान्ह ३ बजे नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डको कैलाश हलमा हुनेछ ।

नेता नेपालको सचिवालयले स्थायी समितिका सदस्यहरूलाई फोन गरेर चियापन कार्यक्रमका लागि बोलाएका हुन् । नेता नेपालको कार्यक्रममा जाने वा नजानेबारेमा स्थायी समितिका सदस्यहरूले आन्तरिक तयारी शुरु गरेका छन् ।

नेपाल निकष्ट एक नेताका अनुसार शुक्रबार बिहान स्थायी समितिका सबै सदस्यलाई चियापान कार्यक्रमको सूचना पठाइसकिएको छ । नेता नेपालको चियापानमा नेपाल समूहका नेताहरू मात्रै जाने एक नेताले बताए ।

४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमालेबाट २५ र माओवादीबाट २० जना सदस्य छन् ।

दुबै अध्यक्ष देशभित्र नरहेका बेला नेता नेपालले राखेको चियापान कार्यक्रममा जाने कि नजाने भनेर स्थायी समितिका सदस्यहरूले फोन घुमाउन थालेका छन् । नेकपाभित्र शुक्रबार बिहानैदेखि नेता नेपालको निम्तो आतंक भएको चर्चा गरिएको छ ।

Published : Friday, 2018 September 28, 11:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया