कम्युनिस्टहरूको दम्भ तोड्न स्थानीयले उठाए अप्रिय कदम

धनगढी । प्रदेश ७ को राजधानी धनगढीबाट कैलालीको गोदावरी नगरपालिका ४ तेघरी सार्न खोजिएको भन्दै स्थानीयले विरोधमा बिहीबार धनगढी बजार बन्द गराएका छन् ।
राजधानी नसार्न दवाव दिन धनगढीका स्थानीयले बन्द र आमहड्ताल गरेका हुन् । आमहड्तालमा नेपाली कांग्रेसले साथ दिएको छ ।
बन्दले जनजीवन प्रभावित भएको छ । बन्दका कारण शैक्षिक सस्था, यातायात, कलकारखाना, बजार ठप्प छन् ।
धनगढी बजारमा अटो सिक्सा समेत चलेका छैनन् । बन्दकर्ताले बजारमा खुल्ला रहेका पसल र अटो रिक्सा बन्द गराइदिएका छन् ।
अस्थायी राजधानीका लागि धनगढीमा करोडौँ रुपियाँ खर्च भइसकेको बताउँदै जंगल मासेर गोदावरीमा राजधानी नबनाउन आग्रह गरेका छन् ।
बन्दलाई मध्यनजर गर्दै बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रदेश ७ को कम्युनिस्ट सरकार र प्रदेश सांसदहरूले जंगल मासेर राजधानी बनाउने प्रस्ताव अगाडि बढाएपछि कांग्रेससहितका साना दल र स्थानीयले विरोध गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत