कमजोर भयो कम्युनिस्ट सरकार, बीस राउण्ड गोली चल्यो

गौर । रौतहट जिल्लाको गरुडा मा गोली चलेको छ । गरुडा वडा नम्बर ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच शव जलाउने विषयमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड हवाई फायर गरेको हो ।
वागमती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको जनाएको छ । प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्यास पनि हानेको उल्लेख गरेको छ ।
झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । झडपका क्रममा केही गाउँले पनि घाइते भएका छन् । झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् ।
Published : Wednesday, 2018 September 26, 5:37 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत