देउवाले भनेको अधिनायकवादको नमूना शशि श्रेष्ठले देखाइन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका बेला कम्युनिस्टले जिते भने अधिनायकवाद आउँछ भनेर त्यसै भनेका होइनन् । देउवाले त्यस बेला भनेका अभिव्यक्तिहरू क्रमशः पूरा हुन थालेका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले बेलाबेला प्रेसमाथि कटु आलोचना गर्ने गरेका छन् । सर्वसाधारण व्यक्तिका विरुद्ध पनि जाइ लाग्ने गरेका छन् । अरिंगाल जस्तै जाइ लाग्नु भनेर निर्देशन दिन्छन् । संसदमा पनि कम्युनिस्ट पार्टीका सांसदहरूले असंहिष्णु भएर अभिव्यक्ति दिन्छन् ।
यतिसम्म त ठीकै थियो । तर, संसदको समितिमा पनि कम्युनिस्टहरूले पत्रकारलाई रिपोर्टिङमा अबरोध गर्ने प्रयास गरेका छन् ।
संसदको राज्य व्यवस्था समितिको नवनिर्वाचित सभापति शशि श्रेष्ठले पहिलो बैठकमै पत्रकारलाई प्रवेशमा रोक लगाइन् । उनी कट्र कम्युनिस्ट विचारधाराकी महिला हुन् । प्रेससँग उनी कठोर मानिन्छिन् ।
समितिको बैठकमा समसामयिक विषयसहित निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठेको थियो । समिति बैठकमा पत्रकारलाई प्रवेशमा रोक लगाइयो ।
संसदीय समितिका ढोका पत्रकारका लागि खुला रहने गरेका थिए । श्रेष्ठले समसामयिक विषयको छलफलमा समेत मर्यादापालक लगाएर पत्रकारलाई रोक लगाएकी हुन् ।
कम्युनिस्टहरू जहिले पनि अपारदर्शी काम गर्न रुचाउँछन् भन्ने कुराको पुष्टि सभापति श्रेष्ठको क्रियाकलापले देखाएको पत्रकारहरूले आरोप लगाएका छन् । यस विषयमा प्रतिक्रिया लिन खोज्दा सभापति श्रेष्ठले फोन उठाइनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत