बसन्तीको अनुहार कुरुप बनाउने यी नै ‘दानव’

कावासोती । नवलपुर जिल्लाकोे कावासोती नगरपालिका वडा नम्बर १६ मा बसन्ती परियारलाई एक युवकले एसिड र चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएका छन् ।
कावासोती नगरपालिका वडा नम्बर १६ हर्वासी बस्ने ३० वर्षीया परियारलाई विमल सेर्पालीले एसिड र चक्कु प्रहार गरेका हुन् ।
स्थानीय ३७ वर्षीय सिर्पालीले आफूसंग बिहे गर्न नमानेको भन्दै परियारलाई सोमबार राति एसिड प्रहार गरेका हुन् । एसिड प्रहार गरेपछि हत्या गर्ने उदेश्यले परियारलाई सेर्पालीले छुरा समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
एसिड र चक्कु प्रहारबाट परियारको छाती र अनुहारमा चोट लागेको छ । घाइते परियारको अवस्था चिन्ताजनक छ ।
परियारको उपचार चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड र चक्कु प्रहार गर्ने सिर्पाली प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत