कांग्रेसको नयाँ सभापति कोइराला परिवारबाट आउँछः डा.शशांक कोइराला

बुटवल । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापति कोइराला परिवारबाटै आउने बताएका छन् ।
बुटवलमा आइतबार आयोजित कार्यक्रममा डा.कोइरालाले कार्यकर्ताको माया र चाहना अनुसार कोइराला परिवारबाट सभापतिमा आउन लागेको बताए ।
‘कोइराला परिवारको कांग्रेसमा लगानी छ । त्यसैले अबको महाधिबेशनमा पार्टी सभापतिका लागि कोइराला परिवारले दावी गर्नु स्वभाविक हो’, महामन्त्री कोइरालाले भने, ‘मभन्दा शेखर दा सिनियर हुनहुन्छ । हामी सल्लाह गर्छौ । सुजता दिदीसँग पनि सल्लाह गरेर तीनमध्ये एक सभापति हुन्छौँ ।’
‘शेखर दा, म र सुजतामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं । हाम्रो परिवारको पार्टीमा धेरै ठूलो लगानी छ’, उनले भने, ‘अनि कार्यकर्ताको पनि कोइराला परिवारबाटै सभापति छानियोस् भन्ने चाहाना छ ।’
महामन्त्री डा.कोइरालाले देशभरका कांग्रेस नेताकार्यकर्ताको माया र चाहना कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहाका क्रममा पाएको बताए ।
चार वर्षपछिको चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने डा.कोइरालाको भनाई छ । ‘कांग्रेस विवादमा अल्झने अवस्था छैन, नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ’, उनले भनेका छन् ।
वर्तमान सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप कोइरालाको छ । ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्द्रिकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन’, उनले भने ।
कांग्रेसका कारण अहिले नेपालमा २३ विश्वविद्यालय, २० मेडिकल कलेज र ८४ हजार किलोमिटर सडक बनेको डा.कोइरालाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत