वामदेव जहाँबाट उम्मेदवार बनेपनि कांग्रेसले हराईदिन्छः विश्वप्रकाश शर्मा

नेपालगञ्ज । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका नेता वामदेव गौतमलाई जहाँबाट उम्मेदवार बनेपनि हराइदिने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले नेपालगञ्जमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वामदेवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जुन सिट खाली गराए पनि कांग्रेस जित्ने दाबी गरे ।

गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो निर्वाचन क्षेत्र खाली गराए कांग्रेसलाई निर्वाचनको तयारी गर्न सहज हुने प्रवक्ता शर्माले बताए ।

प्रवक्ता शर्माले सरकार गठन भएको ६ महिनामात्रै भएकाले कामको पूर्ण समीक्षा गर्ने बेला आइनसकेको टिप्पणी गरेका छन् । उनले आर्थिक विकास र समृद्धिमा सरकारको अहिले नै आलोचना गर्ने समय नभएको भन्दै शान्ति सुरक्षामा सरकार धेरै चुकेको आरोप लगाएका छन् ।

‘दुई तिहाईको साथले मात्र प्रधानमन्त्रीले जनपक्षीय काम गर्न सक्दैनन् त्यसका लागि कार्यक्षमता देखाउन सक्ने टोलीको खाँचो हन्छ’, उनले भने, ‘छोटो अवधिममा सरकार धेरै ठाउँमा चुकेको छ ।’ उनले अहिलेसम्मको कामकारबाहीको मूल्यांकन गर्दै सच्चिएर अघि बढ्न कम्युनिस्ट सरकारलाई सुझाव दिए ।

संविधान बनेको ४ वर्ष भइसक्दा पनि सबै नेपालीलार्इ अटाउन सरकार उदासीन देखिएको प्रवक्ता शर्माको भनाइ छ । उनले स‌ंविधानमाथिको खतरामा टार्न संविधान जारी गर्ने समयका सहयात्री दलबीच सहकार्य आवश्यक रहेको बताए ।

Published : Saturday, 2018 September 22, 12:19 pm

1 प्रतिकृया प्राप्त “वामदेव जहाँबाट उम्मेदवार बनेपनि कांग्रेसले हराईदिन्छः विश्वप्रकाश शर्मा”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया