दवावमा पर्यो कम्युनिस्ट सरकार, शुक्रबार टिकट बुकिङ नखुल्ने

काटमाडौं । कम्युनिस्ट सरकारले कठोर व्यवहार देखाएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नगर्ने जनाएको छ ।
सरकारले सिण्डिकेटको बहानामा यातायात व्यवसायीहरूलाई पेल्दै ल्याएपछि रिसाएका उनीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन ४८ घण्टे अल्टिमेटम दिएका थिए ।
महासंघको अल्टिमेटमलाई कम्युनिस्ट सरकारले कुनै सुनुवाई गरेको छैन । महासंघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन अल्टिमेटम दिएको थियो ।
तर, सरकारले मूल्य वृद्धि फिर्ता नगरेपछि महासंघले शुक्रबारदेखि दशैँका लागि गर्ने भनिएको अग्रिम टिकट बुकिङ तत्काल खुला नगर्ने जनाएको छ । महासंघको यो निर्णयले सरकारलाई ठूलो दवाव परेको छ ।
सरकारको आदेशमा नेपाल आयाल निगमले केही दिन अगाडि मात्रै इन्धनको मूल्य वृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ र पेट्रोलमा २ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।
सरकारले मागको सुनुवाई नगरेकाले तत्काल अग्रिम बुकिङ नखोल्ने सहमति भएको बताएका महासचिव सरोज सिटौलाले शुक्रबार महासंघले बैठक बसेर आधिकारिक निर्णय गरिने जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत