खुर्सिदका दोषी पक्राउ गर्न मुस्लिम नेताहरूको गृहमन्त्रीलाई दवाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुस्लिम नेताहरूले गृहमन्त्री रामबहादुर थापालाई भेटेर सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमका दोषीहरूलाई हदैसम्मको कारबाही माग गरेका छन् ।
बिहीबार गृहमन्त्रालयमा मुस्लिम अगुवाहरूले थापालाई भेटेर आलमका दोषीहरूलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् । पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरूले आलमलाई शहीद घोषणाको माग गरेका छन् ।
‘खुर्सिद आलमका दोषीहरूलाई कारबाहीका लागि गृहमन्त्री थापासँग आग्रह गरिएको छ । गृहमन्त्रीले पनि घटनामा गाम्भीर्यता देखाउनु भएको छ’, ताज मोहम्मद मियाँले भने, ‘हामीले खर्सिद आलमलाई शहीद घोषणा र उहाँको परिवारलाई क्षतिपूर्तिको माग पनि गरेका छौँ ।’
पूर्वएमालेका सुनसरी जिल्लाको सदस्य समेत रहेका खुर्सिद आलम भुटाहास्थित निजी विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए । आलमलाई अपरिचित समूहले बिहीबार बिहान विद्यालयबाट बाहिर बोलाएर गोली प्रहार गरी हत्या गरेको थियो ।
गोली प्रहारपछि सो समूह भारततिर भागेको थियो । भाग्ने क्रममा सो समूहलाई प्रहरीले पक्राउ गर्न खोजेको थियो । तर, गोली प्रहार गरेर भागेको जनाइएको छ ।
गृहमन्त्री थापासँग भेट्न ताज मोहम्मद मियाँ, सेराज अहमद फारुकी, गुलाम रसुल, डा.समिम अन्सारी, जाकिर हुसैन, नजरुल हसन, गैंडा शेरखान लगायतका मुस्लिम अगुवाहरू गृहमन्त्रालयमा पुगेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत