चौबीस घण्टा नबित्दै कम्युनिस्ट सरकारलाई झट्का

काठमाडौं । कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको निर्णय फिर्ताको माग गरेर अल्टिमेटम दिएका छन् ।
यातायात व्यवसायीहरूले सरकारले सोमबार गरेको इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएका हुन् । व्यवसायीहरूको चेतावनीपछि कम्युनिस्ट सरकार ठूलो दवावमा परेको छ ।
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले मंगलबार विज्ञप्ति जारी गरेर सरकारले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने बताएको छ ।
‘मूल्यवृद्धिसम्बन्धी निर्णयलाई नेपाल सरकारले ४८ घण्टाभित्र फिर्ता लिई हिन्दूहरूको महान चाडमा आवतजावत गर्ने उपभोक्ता वर्गलाई सहज रुपमा आवतजावत गर्ने वातावरण सिर्जना गर्न यस महासंघ हार्दिक अपील गर्दछ’, विज्ञप्तिम भनिएको छ, ‘दुबै मूल्यवृद्धि फिर्ता नलिएमा महासंघले अग्रिम बुकिङ खुला गर्न बाध्य नहुने व्यहोरा समेत यसै विज्ञप्तिमार्फत नेपाल सरकार लगायत सबै पक्षमा अनुरोध छ ।’
सरकारको निर्देशनमा नेपाल आयल निगमले असोज २ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटिर २ रुपैयाँ र डिजेल र मट्टतिेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । मूल्य वृद्धिको विरोध गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले निर्णय फिर्ता लिन माग गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत