रक्सी सेवनबाट मलेसियामा ६ नेपालीको मृत्यु

काठमाडौं । मलेसियाको राजधानी क्वालालुम्पुरमा विषाक्त मदिरा सेवनबाट ६ जना नेपालीहरूको मृत्यु भएको छ ।
सोमबार विषाक्त रक्सी सेवन गर्दा १५ जना विदेशी कामदारहरूको मृत्यु भएको थियो । त्यसमध्ये ६ जना नेपाली कामदार रहेको मलेसियन प्रहरीले जनाएको छ ।
क्वालालम्पुर क्षेत्रको सुनगाई बुलो, गोमबाक, काजाङ, क्लाङ र शाह आलम क्षेत्रमा मदिरा सेवन गरी बिरामी परेका ४८ मध्ये १५ जनाको मृत्यु भएको छ ।
३३ जनाको अवस्था गम्भीर रहेको छ । १५ जना नेपाली नागरिकको अवस्था पनि गम्भीर छ ।
क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले ६ नेपालीसहित १५ जनाको मृत्यु भइसकेको र ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् ।
मृत्यु हुनेमध्ये दुई जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङक्षेत्रका विभिन्न पसलबाट म्याण्डले ह्विीस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्वीस्की सेवन गरेका थिए ।
अस्पतालमा उपचाररत बिरामीहरुमा वान्ता आउने र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबैजसो बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरू सबैले यी तीनमध्ये एक मदिरा सेवन गरेको पाइएको छ ।
मलेसियामा सस्तो मूल्यका मदिराहरू नेपालीहरुको रोजाईमा पर्ने गरेको र बिरामी भएकामध्ये धेरै नेपालीनै रहेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत