निर्मला हत्याकाण्डमा निलम्बित एसपी विष्टको नयाँ बयान

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई उम्काएको भनेर आरोप लागेपछि निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले आफू निर्दोष रहेको दाबी गर्न थालेका छन् ।
काठमाडौंमा आएर बसेका विष्टले विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै आफू निर्दोष रहेको बताउने गरेका हुन् । उनले निर्मला हत्या प्रकरणलाई प्रभाव पर्ने गरेर धमाधम अन्र्तार्वा दिन थालेपछि प्रहरी मुख्यालयको टाउको दुखाइ भएको छ ।
विष्टले घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । उनले आफूविरुद्ध समाचार लेख्ने पत्रकार र सञ्चारमाध्यमविरुद्ध उजुरी दिएको बताएका छन् ।
निर्मलाको बलात्कार र हत्या प्रकरणमा आफूले अनुसन्धान गर्दा ठूलो प्रेसर खेप्नु परेको बताएका छन् । निलम्बित एसपी विष्टले प्रेसर थेग्न नसकेकै कारण आफूलाई अनुसन्धान गर्न कठिनाइ भएको बताए ।
उनले अनुसन्धानको सुई शून्यबाट शुरु भएर शून्यमा आएर एक ठाउँमा अड्किएको बताए । निर्मला पन्तको डिएनए सुरक्षित रहेको दाबी गर्दै विष्टले त्यहीबाट अनुसन्धान शुरु गर्न सकिने बताएका छन् ।
निर्मलाको शव भेटिएको नजिकै लागुऔषध खाने व्यक्ति, काम गर्नेहरू रहने गरेको भन्दै उनीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन सकिने विष्टले बताए ।
निर्मलाको बलात्कार र हत्यामा आफ्नो छोराको कुनै पनि संलग्नता नरहेको उनले दाी गरे । निलम्बित एसपी विष्टले आफूलाई अन्याय भएको बताएका छन् ।
रोशनी बम र बबिता बमसँग आफ्नो कुनै पनि संलग्नता नरहेको उनको दाबी छ । विष्टले रोशनी र बबिताको बचाउ गरेका छन् ।
आइजीपी सर्वेन्द्र खनालले भने जस्तो आफू नालायक प्रहरी नभएको दाबी गरेका छन् । निलम्बित एसपी विष्टले आफूले न्याय पाउने र बढुवा भएर जिम्मेवारी पाउने बताएका छन् ।
निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई छानविन गर्न गठित सिआइबीकै टोली निलम्बिनमा परेको छ । छानविन टोलीलाई नै डिआइजी धिरु बस्नेतको टिमले अनुसन्धान थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत