चीनमा ‘प्रचण्ड’लाई धोका, बीच बाटोबाटै फर्कने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नदिएर चीन पुगेको खुलासा भएको छ ।
चिनियाँ राष्ट्रपतिलाई भेट्ने इच्छा राखेका ‘प्रचण्ड’ले भेट्न नपाउने भएपछि बेइजिङ नपुगी बीच बाटोबाट स्वदेश फर्किने भएका हुन् । राजनीतिक भ्रमण भनिए पनि ‘प्रचण्ड’ले चीनका प्रादेशिक नेतासँगको भेटवार्ता गरेर फर्किन लागेको स्रोतले जनाएको छ । प्रादेशिक नेताहरूसँग भेट गरेर उनी स्वदेश फर्कनेछन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुने भए मात्र बेइजिङ जाने ‘प्रचण्ड’ले बताएको स्रोतले जनाएको छ ।
चिनियाँ राष्ट्रपतिसँग भेट नहुने भएपछि ‘प्रचण्ड’ बेइजिङ नपुगी बीच बाटोबाटै स्वदेश फर्कने तयारी गरेका छन् ।
‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका विषयमा अहिलेसम्म बेइजिङस्थित राजदूतावासलाई कुनै पनि जानकारी दिएका छैनन् । यद्यपि, ‘प्रचड’लाई स्वागत गर्न चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल शनिबार ग्वाञ्जाओ आएका थिए ।
स्रोतका अनुसार ‘प्रचण्ड’को बेइजिङ भ्रमणबारे चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नै छैन । पौड्याल ग्वाञ्जाओ आए पनि चिनियाँ पार्टीले भेटबारे राजदूतावासलाई जानकारी दिएको छैन ।
पूर्वप्रधानमन्त्रीको भ्रमण हुँदा सम्बन्धित देशको राजदूतावासलाई जानकारी दिने प्रचलन छ । ‘प्रचण्ड’भन्दा अघिल्लो दिन चीन प्रस्थान गरेका ‘नेकपा’का प्रवक्ता नारायणकाजी श्रेष्ठ मंगलबार बेइजिङ पुग्नेछन् ।
श्रेष्ठ तेञ्जिनबाट मंगलबार बेइजिङ पुगेको पनि नेपाली दूतावासलाई जानकारी छैन । श्रेष्ठ पूर्वपरराष्ट्रमन्त्री पनि हुन् । श्रेष्ठ पनि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा बेइजिङ गएका हुन् ।
‘प्रचण्ड’ले चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गरेका छन् । सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको सातौं महाधिवेशन स्थल र येनानमा सन् १९३८ देखि १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाइएको घरको ‘प्रचण्ड’ले अवलोकन गरे ।
चीन भ्रमणमा ‘प्रचण्ड’ले पत्नी सीता, कान्छी छोरी गंगा दाहाल आचार्य, गंगाकी छोरी र स्वकीय सचिव जोखबहादुर महरालाई लिएर गएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत