‘रअ’भन्दा शक्तिशाली छ आईएसआई, यी हुन् शक्तिशाली गुप्तचरहरू

न्युयोर्क । नागरिक सुरक्षाका लागि गुप्तचर निकाय बनाइएको हुन्छ । गुप्तचरहरू आफ्‍नो देशको गोप्‍य दस्तावेज र जानकारी सुरक्षित राख्‍नको लागि दिनरात खटिरहेका हुन्छ । गुप्तचर निकायहरूले सुरक्षासँग जोडिएका हरेक प्रकारको निकायसँग समन्वय गरिरहेको हुन्छ ।

आइएसआइ, पाकिस्तान

पाकिस्तानी गुप्तचर निकाय (आईएसआई) विश्‍वकै शक्तिशाली गुप्तचर निकाय मानिन्छ । आईएसआई सन् १९४८ मा स्थापना भएको हो । यसलाई अमेरिकी मिडिया क्राइम न्‍यूजले विश्‍वकै सबैभन्दा शक्तिशाली र उच्चत्तम निकाय मानेको छ । आईएसआईको हेडक्वार्टर पाकिस्तानको इस्लामाबादमा छ । विश्‍वको नम्बर एक गुप्तचर निकायमाथि समय समयमा आतंकवादलाई प्रश्रय दिँदै आएको आरोप छ ।

सीआइए, अमेरिका

अमेरिकाको गुप्तचर निकाय सीआइए (सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी) सधैं नै चर्चामा रहेको छ । सन् १९४७ मा स्थापना भएको सीआइएको मुख्‍यालय वासिङटनस्थित भर्जिनिया शहरमा छ । चार निकायमा विभाजित रहेको सीआइएले साइबर क्राइम, आतंकवाद रोक्‍ने तथा देशको सुरक्षा मामलालाई लिएर निगरानी राख्छ ।

एमआइ ६, यूके

युनाइटेड किङडमको गुप्तचर निकाय एमआइ६ अर्थात मिलिटरी इन्टेदिजेन्स सेक्सन ६ का रुपमा परिचित छ । यो गुप्तचर निकाय विश्‍वकै सबैभन्दा पुरानोमध्‍ये एक मानिन्छ । यसको स्थापना सन् १९०९ मा भएको थियो । एमआइ ६ गुप्तचर निकाय मात्र नभएर बेलायत सरकारको रक्षा मन्त्रालय अन्तर्गतको सहकार्यमा देशको हितका लागि काम गर्दै आएको छ । यसले गोप्‍य जानकारी, साइबर क्राइम र सुरक्षालाई नजिकबाट हेर्ने गर्छ ।

एफएसबी, रुस

फेडरल सेक्युरिटी सर्भिस रुसको चर्चित गुप्तचर निकाय हो । यसको स्थापना १९९५मा भएको थियो । यसको मुख्‍यालय मस्कोमा छ । देशको सुरक्षासँग सम्बन्धित सबै कामहरू एक साथ गर्नुका साथै सीमा नाकामा हुने अपराधहरूको कडा रुपमा निगरानी गर्छ ।

बीएनडी, जर्मनी

बीएनडी जर्मनीको गुप्तचर निकायको हो । यसको स्थापना सन् १९५६मा भएको थियो । यसको मुख्‍यालय जर्मनीस्थित म्यूनिख नजिकै रहेको पुलाचमा छ । बीएनडीको कार्यालय अत्याधुनिक प्रविधियुक्त छ ।

डीजीएइ, फ्रान्स

डिरेक्शन जेनेरल डि ला सेक्‍यूरिटी इक्ट्रेजर फ्रान्सको चर्चित गुप्तचर निकाय हो । यसको स्थापना सन् १९८२ मा भएको थियो । यसको मुख्‍यालय पेरिसमा रहेको छ । यसले सरकारका लागि विदेशबाट गोप्‍य सूचनाहरू संकलन गर्ने काम गर्छ ।

‘रअ’, भारत

‘रअ’ रिसर्च एण्ड एनालिसिस विङ्‌ग भारतको चर्चित गुप्‍तचर निकायको नाम हो । यसको स्थापना सन् १९६८मा भएको थियो । यसको मुख्‍यालय नयाँदिल्लीमा रहेको छ । यसले विदेश मामला, अपराधी तथा आतंकवादको बारेमा जानकारी र सूचना संकलन गर्छ । आइबीसँग मिलेर देशको सुरक्षा अवस्थाको बारेमा सक्रिय रहँदै आएको छ ।

एमएसएस, चीन

एमएसएस मिनिस्ट्री अफ स्टेट सेफ्टी चीनको मुख्‍य गुप्तचर निकाय हो । यसको स्थापना सन् १९८३ मा भएको थियो । विदेशी गुप्तचर अप्रेसन तथा प्रतिआक्रमण अपरेशनलाई चलाउने काम यसले गर्छ । राष्ट्रिय सुरक्षामा आँच आउन सक्‍ने संकेतहरूलाई नजिकबाट पहिल्‍याउने गर्छ । सरकारलाई यसबारेमा जानकारी दिने गर्छ ।

एसिस, अस्ट्रेलिया

एसिस अस्ट्रेलियन सेक्रेट इन्टेलिजेन्स सर्भिसको स्थापना सन् १९५२ मा भएको हो । यसको मुख्‍यालय अस्ट्रेलियाको क्यानबरामा अवस्थित छ । यसले विदेश मामिला र देशको गोपनीयतालाई आक्रमण गर्न खोज्‍नेहरूको सूचना संकलन गर्छ ।

मोसाद, इजराइल

संसारकै प्रमुख गुप्तचर निकायमा इजरालयमा रहेको मोसाद पनि एक मानिन्छ । यसको स्थापना सन् १९४९ मा भएको थियो । देश रक्षाको सम्पूर्ण जिम्‍मेवारी लिनुका साथै आतंकवादी गतिविधिमा कडा निगरानी गर्दै आएको छ ।

Published : Monday, 2018 September 17, 10:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया