कम्युनिस्ट सरकार पूरै असफल भइसक्योः शशांक कोइराला

भरतपुर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कम्युनिस्ट नेतृत्वको सरकार असफल भइसकेको आरोप लगाएका छन् ।
चितवनमा शनिबार आयोजित कार्यक्रममा महामन्त्री डा.कोइरालाले सरकारका पछिल्ला गतिविधिले असफलता पुष्टि गरेको बताएका हुन् । उनले कम्युनिस्टहरूलाई भोट दिने मतदाताहरू पनि पछुताउन थालेको बताए ।
महामन्त्री डा.कोइरालाले चितवनमा कार्यकर्ताको भावना लत्याएर कहिले माओवादीलाई त कहिले राप्रपालाई भोट हाल्न लगाउनु दुर्भाग्यपूर्ण भएको बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै डा.कोइरालाले भने, ‘प्रधानमन्त्री बन्न कार्यकर्ताको भावना लत्याउनु हुँदैन । पार्टीलाई दीर्घकालीन असर गर्छ ।’
गुट–उपगुटमा विभाजन गरेर कांग्रेसको हित नहुने उनको भनाइ छ । डा.कोइरालाले आफू पार्टीलाई एकढिक्का बनाउन लागिपरेको पनि बताए ।
कांग्रेस नेता कुलबहादुर गुरुङले कांग्रेसले संगठन, सिद्धान्त र आदर्शलाई महत्व नदिएको गुनासो गरे । उनले वीपीको आदर्श बिर्सिएका कारण कांग्रेस कमजोर बन्न पुगेको बताए ।
नेता गुरुङले कांग्रेस अब परिमार्जित र परिस्कृत हुनुपर्ने बताए । कांग्रेस सकिन्छ कि भन्ने चिन्ता हटाउँदै संगठन सुदृढिकरणमा लाग्न नेता कार्यकर्तालाई उनले आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत