निर्मला हत्या प्रकरणमा सिआइवीका डिएसपीसहित पाँच प्रहरी निलम्वित

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लापरवाही गरेको भन्दै गृहमन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसीसहित पाँच प्रहरीलाई कारबाही गरेको छ ।
डिएसपी जिसीसहित पाँचैजनालाई गृह मन्त्रालयले शनिबार निलम्बन गरेको हो । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वरा शनिबार जारी विज्ञप्तिमा डिएसपी जिसीसहित पाँचजनालाई आजैको मितिबाट निलम्बन गर्ने निर्णय गरिएको उल्लेख छ ।
निर्मला पन्तको बलात्कार र हत्याको घटनाको छानबिन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भीक प्रतिवेदन बुझाएको छ ।
डिएसपी जिसी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत तत्कालीन डिएसपी ज्ञानबहादुर सेटीसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी निरीक्षकहरू जगदीश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामी पनि निलम्बनमा परेका छन् ।
उच्चस्तरीय छानविन समितिले दिएको प्रारम्भीक प्रतिवेदनका आधारमा निलम्बनमा परेका अनुसन्धान अधिकृतहरूमाथि समेत आन्तरिक अनुसन्धान हुनेछ ।
यसअघि कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बित गरिसकेको छ । निलम्बित एसपी विष्टको डिएनए पनि परीक्षण हुँदै छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत