निर्मलाको समर्थनमा काठमाडौंमा भव्य प्रदर्शन, झस्कियो कम्युनिस्ट सरकार

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका दोषीलाई पक्राउ गरेर कारबाहीका लागि दवाव दिन सरकारविरुद्ध काठमाडौंमा भव्य प्रदर्शन भएको छ ।
निर्मलाका निम्ति न्याय अभियानमा स्वस्फुर्त जम्मा भएका व्यक्तिहरूले निर्मलाको हत्याका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।
हज्जारौको संख्यामा जम्मा भएका प्रदर्शनकारीले माइतीघर मण्डलाबाट सुरू भएको थियो । दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिन यो प्रदर्शन भएको छ ।
साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो । घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन ।
निर्मला पन्तको समर्थनमा स्वस्फुर्त काठमाडौंमा जम्मा भएका हज्जारौँ समर्थकको भिड देखेपछि कम्युनिस्ट सरकार तर्सिएको छ । सरकारलाई निर्मला पन्तका दोषीलाई पक्राउ गरेर कारबाही गर्न झन् दवाव परेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत