प्रतिक्रियावादीविरुद्ध अरिंगाल बन्नुस्ः ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अरिंगालको जति बुद्धि छ कि छैन भनेर प्रश्न गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ओलीले देशी–विदेशी प्रतिक्रियावादीहरूले पार्टी र सरकारविरुद्ध हमला गरेको बताउँदै प्रतिक्रियावादीविरुद्ध हमलालाई एकताबद्ध भएर जवाफ दिन निर्देशन दिए ।

‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ’, ओलीले भने, ‘हामीसँग अरिंगालको गोलो जति पनि बुद्धि छ कि छैन ? त्यो हामीले हेर्नुपर्छ ।’

ओलीले नेता, कार्यकर्तालाई प्रश्न गर्दै भने, ‘एउटा अरिंगाल मार्‍यो भने त्यसलाई मार्‍यो ठीकै छ नि ? अर्कोलाई हमला गर्‍यो, ठीकै छ भन्ने गर्छौं कि एकजुट भएर लाग्छौं ?’

उनले जनतामा हतोत्साह र निराशा पैदा हुने भएकोले एकजुट भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध आलोचनामा भएकोमा असन्तुष्टि जनाए । उनले कार्यकर्तालाई सरकारको बचाउ गर्न पनि निर्देशन दिएका छन् ।

Published : Saturday, 2018 September 15, 1:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया