देउवाको अभिव्यक्तिले कांग्रेसभित्र नयाँ तरंग, महामन्त्री चकित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा पार्टीको नेतृत्व नछाड्ने संकेत गरेका छन् ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा सभापति देउवाले नेतृत्वको लागि आफू अझै नथाकेको बताए ।
देउवाले आफू नेतृत्वका लागि नथाकेको बताए । उनले भने, ‘थाकेकाहरूलाई पार्टीबाट विदा लिन मेरो आग्रह छ ।’
महामन्त्री डा.शशांक कोइरालाले नेतृत्व हस्तान्तरण गर्न सभापति देउवालाई आग्रह गरेका थिए । महामन्त्री डा.कोइरालालाई सभापति देउवाले आफू अझै नथाकेको जवाफ दिएका हुन् ।
सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरूलाई कार्वाही गर्न आफूले प्रस्ताव राख्दा पनि नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति असन्तुष्टि पोखे ।
देउवाले पार्टीलाई एकतावद्ध बनाउन अनुशासित पार्टी बनाउन सबैलाई पहल गर्न पनि आग्रह गरे ।
सभापति देउवाले सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण दिईरहेको गम्भीर आरोप पनि लगाए । उनले पन्तका हत्यारा पत्ता नलगाए सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिए ।
1 प्रतिकृया प्राप्त “देउवाको अभिव्यक्तिले कांग्रेसभित्र नयाँ तरंग, महामन्त्री चकित”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
नेत्रित्व हस्तान्तरण गर्नु पर्दछ।