राजपाले पहाडे खसआर्यलाई आरक्षण दिने

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले केन्द्रीय समितिमा पहाडी समुदायका खसआर्यलाई आरक्षणको व्यवस्था गर्ने भएको छ ।
राजपाले विभिन्न जातीय समूहलाई आरक्षण दिने व्यवस्था गर्ने प्रस्ताव तयार पारेको छ । केन्द्र समितिमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । त्यसमा खसआर्य पनि एउटा समूह पर्छ ।
प्रस्तावित विधानमा १ सय २१ सदस्यीय केन्द्रीय सदस्य हुनेछ । ९० प्रतिशत निर्वाचित हुनेगरी विधानमा प्रस्ताव गरिएको छ ।
महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरु तल्लो तहबाट निर्वाचित भएर आउनु पर्ने व्यवस्था प्रस्तावमा राखिएको छ । तल्लो समितिबाट निर्वाचित नहुनेहरू प्रतिनिधि बन्न पाउने छैनन् ।
विधान निर्माणपछि राजपा सामूहिक नेतृत्वबाट एकल नेतृत्वमा जानेछ । अध्यक्ष मण्डलको साटो विधानमा बहुपद व्यवस्था गरिएको छ ।
७ वैशाख २०७४ मा छ वटा मधेस केन्द्रित दल मिलेर बनेको राजपा अहिलेसम्म अन्तरिम विधानबाट सञ्चालन हुँदै आएको छ ।
राजपाले आगामी ०७६ वैशाख ७, ८ र ९ मा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । स्थान भने तय गरिएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत