घमण्ड नगर्न नेकपा र प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव छ

काठमाडौं । कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सत्तापक्ष र प्रतिपक्षबीच मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कांग्रेसले निर्वाचनमा व्यहोरेको हारबाट पाठ सिक्न सुझाव दिए । ‘निर्वाचनमा भएको जीत सधैंका लागि हो जस्तो भ्रममा नपर्न प्रधानमन्त्री केपीओलीजीलाई सुझाव छ’, उनले भने ।
शर्माले नेपाली–नेपालीबीच नै सिक्न र झुक्न सिके अरुसँग सिक्न र झुक्न नपर्ने बताए । उनले सत्तारुढ दलका नेताहरूलाई लचक भएर अगाडि बढ्न सुझाव पनि दिए ।
सत्तामा रहेर गल्ती गर्दा कांग्रेसले निर्वाचनमा हार व्यहोर्नु परेको शर्माले बताए । प्रवक्ता शर्माले भने, ‘त्यसबाट पाठ सिकेर अघि बढन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वलाई मेरो आग्रह छ ।’
पार्टीलाई सरकारमा रहँदा गलत बाटोमा जान नदिन सत्तारुढ नेकपाका कार्यकर्ताहरूलाई शर्माले सचेत रहन पनि सुझाव दिए ।
‘प्रतिपक्षको रुपमा कांग्रेसले सरकारलाई गलत बाटोमा जान नदिन खवरदारी गरिरहनेछ’, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत