कांग्रेसको दवाव खेप्न सकेन सकारले, गृहमन्त्री उपस्थिति हुने

काठमाडौं । नेपाली कांग्रेसले संसदमा निर्मला पन्त र तरुण दलका नगर सभापति रोहित पुनको हत्याका बारेमा सरकारको जवाफ मागेर सदन अवरोध गरेपछि गृहमन्त्री रामबहादुर थापाले शुक्रबार जवाफ दिने भएका छन् ।

कांग्रेसले निर्मला पन्तको बलत्कारपछि हत्या भएका दोषीलाई पक्राउ गर्न नसेको तथा छानविन समितिमै सदस्यलाई ज्यानको खतरा भएको भन्दै कांग्रेसले बिहीबार संसद अबरोध गरेको थियो ।

कांग्रेसले निर्मला पन्तका बारेमा अहिलेसम्म के भएको छ भनेर सरकारले जवाफ दिनुपर्ने भनेपछि कानूनमन्त्री भानुभक्त ढकालले शुक्रबार गृहमन्त्री आफैले जवाफ दिने बताएका हुन् ।

त्यसैगरी कांग्रेसले रोल्पा जिल्लामा लिवाङ नगरपालिकाका नगर सभापति रोहित पुनको हत्याका दोषीलाई कानूनी दायरामा नल्याएको भन्दै आक्रोश व्यक्त गरेको थियो । पक्राउ परेका पत्रकार राजु बस्नेतका बारेमा पनि कांग्रेसले जानकारी माग गरेको छ ।

कानूनमन्त्री ढकालले सदनमा शुक्रबार गृहमन्त्री आफैले जवाफ दिने जनाएपछि कांग्रेसले सदनको अबरोध खोलिदिएको थियो ।

Published : Thursday, 2018 September 13, 3:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया