कांग्रेसका वरिष्ठ नेता पौडेल युरोप भ्रमणमा निस्कदै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जनसम्पर्क समितिले आयोजना गरेका कार्यक्रममा भाग लिन युरोप भ्रमणमा निस्कने भएका छन् ।
विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि चुनिने भएकाले जिल्ला दौडाहसँगै नेताहरूको विदेश जाने क्रम बाक्लिन थालेको हो । पौडेल युरोपमा दश दिन बस्नेछन् ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलले १४औं महाधिवेशनलाई केन्द्रमा राखेर जनसम्पर्क समितिलाई आ–आफ्नो पक्षमा तान्ने कसरत गर्दै आएका छन् ।
युरोपमा संस्थापन र वरिष्ठ नेता पौडेल पक्ष निकटका छुट्टाछुट्टै क्षेत्रीय संस्था सञ्चालनमा छन् । युरोप कांग्रेसलाई संस्थापन र समन्वय समितिलाई पौडेल पक्षको साथ रहँदै आएको छ ।
पौडेलले युरोपका ८ देशमा जनसम्पर्क समिति र पार्टीको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्न भदौ २९ अर्थात् सेप्टेम्बर १४ मा बेल्जियम जाने भएका छन् ।
पौडेलको पहिलो कार्यक्रम सेप्टेम्बर १५ मा लग्जम्बर्गमा छ । जनसम्पर्क समिति लग्जम्बर्गको अधिवेशनको उद्घाटन कार्यक्रममा सकेर पौडेल बेल्जियम फर्कने छन् ।
सबैभन्दा बढी नेपाली रहेको बेल्जियम नेताहरूको केन्द्र समेत बन्ने गरेको छ । जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाका अनुसार बेल्जियमको कार्यक्रम सम्पन्न भएपछि पौडेल फ्रान्स, पोर्चुगल, स्पेन, स्वीजरल्याण्ड, जर्मनी र नेदरल्याण्डको कार्यक्रममा सहभागि हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत