तरुण दलद्वारा देशैभरि प्रदर्शन, रोहितलाई शहीद घोषणा गर्न माग

काठमाडौं । नेपाल तरुण दलले रोल्पामा पूर्वमाओवादी केन्द्रका कार्यकर्ताद्वारा गोली हानी हत्या गरिएका रोहितका पुनका हत्यारालाई हदैसम्मको कारबाही माग गरेर देशभरि प्रदर्शन गरेको छ ।
राजधानी उपत्यकासहित देशभरिका सबै जिल्ला प्रशासन अगाडि तरुण दलले प्रदर्शन र धर्ना दिएको हो । कम्युनिस्ट सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै तरुण दलले रोल्पाको लिवाङ नगर समितिका सभापति रोहित पुनका हत्यारालाई कारबाही गनृ माग गरेको छ ।
तरुण दलले रोहित पुनलाई शहीद घोषणाको माग गर्दै उनको परिवारको लालनपालनको जिम्मेवारी लिन सरकारसँग आग्रह गरेको छ ।
तरुण दलले शान्ति सुरक्षाको माग गर्दै कम्युनिस्ट सरकारविरुद्ध नारावाजी समेत गरेको छ । तरुण दलले आफ्ना दलका अपराधिक मनोवृत्ती भएका कार्यकर्तालाई सरकारले संरक्षण गरेको तथा विपक्षी दलका कार्यकर्तालाई विभिन्न बहाना बनाएर दुःख दिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।
‘सरकार ढाल्न होइन । तपाईको पार्टीका कार्यकर्ताले कांग्रेसका होनहार कार्यकर्तालाई गोली हानेर हत्या गरका छन्’, विरोध कार्यक्रम र धर्नामा सहभागी तरुण दलका नेताहरूले भनेका छन्, ‘रोहित पुनको परिवारको लालनपालन यो सरकारले लिनुपर्छ । रोहित पुनलाई शहीद घोषणा गर्नुपर्छ ।’
रोल्पामा गत शुक्रबार पूर्वमाओवादी केन्द्रका कार्यकर्ता देवबहादुर घर्ती मगरले तरुण दलका नगर सभापति रोहित पुनलाई कटुवा पेस्तोलले गोली हानेर हत्या गरेका थिए । रोहित पुनको हत्यापछि तरुण दलले आन्दोलनको घोषणा गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत