सिंगापुरमा फेसबुकले डाटा सेन्टर खोल्ने

लण्डन । सिंगापुरमा फेसबुकले डाटा सेन्टर खोल्ने भएको छ । डाटा सेन्टर सन् २०२२ मा सञ्चालनमा आउनेछ ।

सिंगापुरको पश्चिमी भागमा स्थापना हुने डाटा सेन्टर निर्माणमा १ अर्ब अमेरिकी डलर खर्च हुनेछ ।

फेसबुकले ११ तले भव्य भवन निर्माण गर्ने बीबीसीले जनाएको छ । नयाँ डाटा सेन्टरका लागि फेसबुकले सिंगापुर छनोट गर्नुको कारण ठूला प्रविधि कम्पनीहरूमा सिंगापुरप्रति लोकप्रियता बढ्नुको संकेत रहेको जनाइएको छ ।

१ लाख ७० हजार वर्गमिटरको क्षेत्रफलमा रहने डाटा सेन्टरमा सयौँ मानिसले रोजगारी पाउनेछन् ।

भवन शतप्रतिशत नवीकरणीय उर्जाबाट चल्नेछ । यसमा पानी र उर्जाको खपत न्यूनीकरण गर्ने लिक्विड कुलिङ सिस्टम रहनेछ ।

Published : Monday, 2018 September 10, 6:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया