नयाँ सेनापतिसँग भारतीय राजदूतको वार्ता

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भेटवार्ता गरेका छन् ।
भद्रकालीमा सोमबार प्रधानसेनापति थापा र राजदूत पुरीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति थापा र राजदूत पुरीबीच नेपाल–भारत द्विपक्षीय आपसी हितका साथै पारस्परिक सम्बन्धका विषयहरूमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।
थापाले प्रधानसेनापतिको जिम्मेवारी सम्हाले लगत्तै भारतीय राजदूत पुरीले जंगी अड्डामा पुगेर भेटघाट गरेका छन् ।
नेपाली सेनाले भारतको पुणेको संयुक्त सैन्य अभ्यासमा सहभागिता जनाएको छैन । भारतले यो विषयलाई चासोका रुपमा लिएको छ ।
Published : Monday, 2018 September 10, 5:56 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत