कांग्रेस आफै हारेको हो, अरुले हराउने हिम्मत राख्दैनन्ः देउवा

नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने प्रवृति नै अन्तरघात भएको बताएका छन् ।

बाँकेमा आयोजित अन्तर्क्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै देउवाले कांग्रेसभित्रको अन्तर्घात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्ने बताए ।

‘वीपी कोइरालाले बसाएको थिति कांग्रेसमा अहिले बेथिति भएको छ । अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ’, उनले भने, ‘स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ । म अब चुप लागेर बस्दिन ।’

उनले यस्ता प्रवृति भएका नेता तथा कार्यकर्तामाथि निष्काशनसम्मको कारवाही हुने चेतावनी दिए । देउवाले अरुका कारणले चुनाव नहारेको बताए ।

‘आफ्नै कारणले हामीले चुनाव हारेका हौँ । आफ्नाले नै दुश्मन देख्ने प्रवृति हारको कारण बन्यो’, सभापति देउवाले भने ।

उनले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोप पनि लगाएका छन् ।

लोकतान्त्रिक पद्दतिको बाटो बिराउँदै जानेको हो भने सरकारको आयु छोटो हुने उनको चेतावनी थियो ।

Published : Monday, 2018 September 10, 2:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया