निर्मला हत्याकाण्डले लियो अर्कै मोड, सरकारमाथि प्रश्न

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छानविन गर्न गृहमन्त्रालयले बनाएको समितिका एकजना सदस्यले समितिबाट राजीनामा दिएका छन् ।

कानून मन्त्रालयका उपसचिव समेत रहेका वीरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरेर समितिबाट राजीनामा दिएका हुन् ।

१५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा गठित समितिले अनुसन्धान टुंग्याइसकेको थियो । सो अवस्थामा थप १५ दिन समितिको म्याद थपिनु निर्मलामाथि न्याय नहुनु सरह भएको भन्दै राजीनमा दिएको केसीले बताएका छन् ।

उनले समितिको छानविन लगभग टुंगिएको बताएका छन् । ‘त्यस्तोमा प्रतिवेदन सार्वजनिक गर्नुको साटो समितिको म्याद थप्ने कार्यले निर्मलामाथि बलात्कारपछि हत्या भएको घटना सम्बन्धमा थप अन्यौल र आशंका सृजना गर्ने काम भएको छ’, उनले भनेका छन्, ‘यसबाट निर्मलाले न्याय पाउने सम्भावनालाई पर धकेलिएको छ ।’

समिति सदस्य केसीले न्याय प्राप्तीको कानूनी लडाइँलाई पर धकेल्ने प्रयासप्रति आफ्नो असन्तुष्टि रहेकाले समितिको सदस्यबाट राजीनामा दिएको बताएका छन् ।

Published : Monday, 2018 September 10, 2:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया