रोहित पुनलाई गोली हान्ने प्रचण्डका कार्यकर्ता, कांग्रेसले लगायो पत्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता देवबहादुर घर्ती मगरले गोली प्रहार गरेर नेपाल तरुण दलका लिवाङ नगर समितिका अध्यक्ष रोहित पुनलाई गोली हानेर हत्या गरेको आरोप लगाएको छ ।
नेपाली कांग्रेसले आइतबार बेलुका विज्ञप्ति जारी गरेर तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता समेत रहेका देवबहादुर घर्ती मगरले रोहितलाई गोली हानेको जनाएको छ ।
‘रोल्पा जिल्ला लिवाङ नगर समितिका नेपाल तरुण दलका अध्यक्ष रोहित पुनलाई सुनिल स्मृति गाउँपालिकामा अवस्थित सुनिलचौरमा आइतबार अपरान्ह ४ः४० बजे तत्कालीन नेकपा (माओवादी केन्द्र) का देवबहादुर घर्ती मगर लगायतले गोली हानी हत्या गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले यस्ता अपराधिक क्रियाकलापको घोर भर्त्सना र निन्दा गरेको छ ।
कांग्रेसले इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दुरीमा रहेको र हत्याराले गोली हान्दा प्रहरी मुकदर्शक भई बसेको भन्दै आक्रोश जनाएको छ ।
प्रहरीले तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद् भएको प्रहरी भनाइ छ ।
‘यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडाभन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग कांग्रेस जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत