प्रधानमन्त्री ज्यूले जे भन्नु हुन्छ, त्यहीँ अधिकारिक हो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरू फेरबदलका बारेमा प्रधानमन्त्रीले भने जस्तै तत्काल हेरफेर नहुने बताएका छन् ।

त्रिभुवन विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै दाहालले मन्त्रीहरूले राम्रोसँग काम गरेकाले फेरबदल नहुने बताएका हुन् ।

‘प्रधानमन्त्री ज्यूले जे भन्नु हुन्छ, त्यहीँ अधिकारिक हो’, उनले भने, ‘गल्ती गर्नेलाई कारबाही हुन्छ भन्ने सन्दर्भमा कुरा आएको हो । अब मन्त्रीहरूले सक्रियतापूर्वक काम गर्न थाल्नुभयो भन्ने मैले बुझेँ ।’

भारत भ्रमण जानुअघि अध्यक्ष दाहालले मन्त्रीहरूको फेरबदल हुनसक्ने बताएका थिए ।

नेकपाका दोस्रो तहका अध्यक्ष दाहालको स्वागतका लागि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, बिष्णु पौडेल, सुवास नेम्वाङ, देव गुरुङ, नेता अग्नि सापकोटा, देवेन्द्र पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वसभामुख ओनसरी घर्ती, खानेपानीमन्त्री बीना मगर, बद्रीप्रसाद न्यौपानेसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Published : Sunday, 2018 September 9, 5:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया