ओली वंशको जातीय कार्यक्रममा ओलीको परिवार अभिनन्दित

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको परिवार बालुवाटारभित्रै अभिनन्दित भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली वंश अक्षय कोषले प्रधानमन्त्री ओलीका साथै पत्नी राधिका शाक्य र बाबु मोहनप्रसाद ओलीलाई भव्य अभिनन्दन गरेको हो ।

ओली वशंको कार्यक्रम सरकारी निवास बालुवाटारमा राखेको भन्दै आलोचना भएको थियो । आलोचनाको प्रधानमन्त्री ओलीले कुनै प्रावह गरेनन् ।

ओलीले आफ्नै सरकारी निवासमा ओली वंशको कार्यक्रम गराई छाडे । स्रोतका अनुसार ओली वंशको खर्च पनि सरकारी पैसामा भएको छ ।

कम्युनिस्ट प्रधानमन्त्री ओलीले आफ्नो वंशको जातीय कार्यक्रम बालुवाटारभित्र गराएकोमा नेकपाका नेताहरू पनि विरोधमा उत्रिएका छन् ।

Published : Saturday, 2018 September 8, 7:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया