कांग्रेस स्वतन्त्र प्रेसको पक्षमा छः देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बुटवलमा शनिबार आयोजित कार्यक्रममा देउवाले स्वतन्त्र प्रेसको रक्षाका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताए । उनले पार्टीगत आस्थाभन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिए । उनले भने, ‘कांग्रेस सँधै प्रेस स्वतन्त्रको पक्षमा उभिनेछ’, देउवाले भने ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले अमुक दलका नेताको निर्देशनमा संचारमाध्यममाथि हस्तक्षेप गरेको कांग्रेस सभापति देउवाले आपत्ति जनाए ।
‘सञ्चारमाध्यममाथि हस्तक्षेप गर्ने त्यस्ता सीडीओलाई कारवाही गरेरै छाड्छौं’, देउवाले भने, ‘म काठमाडौं गएर यो कुरा उठाउँछु ।’
कांग्रेसका नेता बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलबाट कसैले सार्न नसक्ने दाबी गरे ।
नेता खाँणले मुख्यमन्त्री शंकर पोखरेल र सभामुख कृष्णबहादुर महराले प्रदेशको राजधानी सार्छौं भनेर दिएको अभिव्यक्तिले केही गर्न नसक्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत