गुण्डा छुटाउन पुगेकी नवीनाले प्रहरीको हप्की बारे यसरी दिइन बयान

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद एवम् अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले समाचारमा आएको जस्तो आफूलाई एसएसपी धिरजप्रताप सिंहले नहप्काएको दाबी गरेकी छिन् ।
नेकपाकी सांसद लामाले विज्ञप्ति जारी गरेर आफूलाई प्रहरीले हप्काएको भन्ने विषय कपोकल्पित र भ्रामक रहेको दाबी गरेकी छिन् । उनले यस सन्दर्भमा एसएसपी धिरजप्रताप सिंहसँग पनि सत्य तथ्य बुझ्न सकिने बताएकी छिन् ।
गुण्डा नाइके सत्यमान लामा पक्राउ परेपछि दोस्रो पटक पनि छुटाउन पुगेकी नवीना लामालाई प्रहरी अपराध महाशाखा काठमाडौंका प्रहरी प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर पठाएको समाचार बाहिरिएको थियो ।
त्यसपछि नवीना लामाले गुण्डा नाइके सत्यमान लामालाई छुटाउन प्रहरी समक्ष पुगेको स्वीकार गरे पनि एसएसपी धिरजप्रताप सिंहल नहप्काएको बताएकी हुन् ।
‘कुनै व्यक्तिलाई छुट्याउनुभन्दा पनि सामान्य आपसी भनाभनको घटना भएको र दुबै चिनजानका सम्बन्ध रहेकोले उहाँहरूकै आग्रहमा मध्यस्थतासम्म गरेको हुँ’, नवीनाले विज्ञप्तिमा भनेकी भनेकी छिन्, ‘जसरी समाचार सम्प्रेषण भएको छ घटना बिल्कुल फरक भएको जानकारी गराउँदछु ।’
नेकपाकी सांसद नवीना लामाले यसअघि पनि गुण्डा नाइके सत्यमान लामालाई आफैले जिम्मेवारी लिएर छुटाएकी थिइन् । त्यसको एक महिनापछि फेरि सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
गुण्डागर्दी, जवरजस्ती असुली, अपहरणलगायतका आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै प्रहरीले गुण्डा नाइके सत्यमान लामालाई पक्राउ गरेको जनाएको छ । सत्यमान लामा काभ्रेली डन दावा लामाका खास सहयोगी हुन् । सत्यमान लामा गुण्डा नाइके दावा लामाको एकाउन्टेनको काम गर्ने गरेको दाबी प्रहरीको छ ।
सांसद नवीना लामाले गुण्डा नाइके सत्यमान लामालाई अपराधको संज्ञा दिएकी छिन् । उनले सत्यमान लामाको नाम नलिइकन अपराधीलाई संरक्षण गरेर आफूलाई नेता बन्न आवश्यक नरहेको बताएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत