ओली सरकारविरुद्ध काठमाडौंमा नेविसंघको राँके जुलुस

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले महिला हिंसा र बालिकामाथि भएका बलात्कारका घटनाका दोषीलाई कार्बाहीको माग गर्दै राजधानीमा राँके जुलुस निकालेको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)बाट नेविसंघले शुक्रबार राति राके जुलुश निकालिएको हो ।
राँके जुलुसमा नेविसंघका कार्यकर्ताले बालिका बलात्कारीलाई पक्राउ गरेर कारबाहीको माग गरे । उनीहरूले प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीको सर्टिफिकेट छानबिन गनै पनि माग गरेका थिए ।
नेविसंघका कार्यकर्ताले राँके जुलुसका क्रममा कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले शान्ति सुरक्षा बनाउन नसकेको, भ्रष्टाचार गरेको भन्दै आलोचना गरेका थिए ।
Published : Friday, 2018 September 7, 9:34 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत