डा.भोला रिजालले ओम अस्पताल छाडे, यस्तो छ कारण

काठमाडौं । निजी क्षेत्रको ठूलो ओम अस्पतालभित्र शेयर सदस्यबीच भएको आन्तरिक विवादपछि संस्थापक सदस्य समेत रहेका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.भोला रिजालले अस्पताल नै छाडेका छन् ।

काठमाडौंको चावाहिलमा रहेको ओम अस्पतालभित्र शेयर होल्डरमध्येका चण्डीराज ढकाल, डा. जागेश्वर गौतम र विजय मल्लको दादागिरिका कारण डा.रिजालले अस्पताल छाडेको स्रोतले जनाएको छ ।

अस्पतालका अध्यक्ष समेत रहेका डा.रिजालले राजीनामा दिएपछि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कोषाध्यक्ष समेत रहेका उद्धव पौडेल सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

ओम अस्पतालमा डा.रिजाललको अहिले पनि १२ प्रतिशत सेयर छ । काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी)बाट डा.रिजालले आफ्नो सेवा दिनेछन् । डा.रिजालले रिङरोडभित्र उपयुक्त स्थानमा क्लिनिक पनि खोल्ने योजना बनाएको स्रोतले जनाएको छ ।

साथीहरूसँग मिलेर वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. रिजाल करीव ३० वर्ष अगाडि काठमाडौंको कमलादीमा ओम अस्पताल खोलेका थिए । डा. रिजाल, डा. मधु घिमिरे र डा. गोविन्द शर्मा मिलेर ०४६ मा ओम अस्पताल स्थापना भएको थियो ।

त्यस बेलाका समूहमा डा.ध्रुव मुडभरी, डा.सुपात्रा कोइराला, डा.लीसा राजपुत,डा. आनन्द श्रेष्ठ र डा.गुरु ढकालले पनि ओम अस्पताल स्थापना गर्न भूमिका खेलेका थिए ।

ओम अस्पतालमा शेयर होल्डर चण्डीराज ढकाल, डा. जागेश्वर गौतम र विजय मल्लले अनावश्यक हस्तक्षेप गर्नुका साथै जथाभावी निर्णय गरेका कारण डा.रिजाल असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।

Published : Friday, 2018 September 7, 6:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया