यी हुन् राहुल गान्धीकी नेपाली गर्लफ्रेण्ड ! गोप्य भेटघाट

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले नेपाललाई ‘ट्राञ्जिट’ बनाएको विषयमा नयाँ खुलासा भएको छ ।
कुटनीतिक राहदानी (रातो पासपोर्ट) भएपनि साधारण नागरिक सरह काठमाडौं आएका राहुल गान्धीले आफ्ना भेटघाट र गतिविधिलाई गोप्य राखे । स्रोतका अनुसार राहुल गान्धीले काठमाडौं बसाइका क्रममा एक युवती र उनको परिवारसँग डिनर गरेको रहस्य बाहिरिएको छ ।
चीनको तिब्बतमा रहेको मानसरोवर जाने क्रममा राहुल गान्धीले काठमाडौंलाई ‘ट्राञ्जिट’ बनाएका हुन् ।
स्रोतका अनुसार काठमाडौं बसाइका क्रममा राहुल गान्धीले बर्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासकी छोरी सुम्निमा उदासँग भेटघाट र डिनर खाएका छन् ।
पत्रकार ऋषि धमलासँगसँगको कुराकानीमा भीमकृष्ण उदासले राहुल गान्धी र सुम्निमा उदासबीच डिनर मिटिङ भएको स्वीकार गरेका छन् । ‘म र सुम्निमाले राहुलजीसँग डिनर गरेका हौं । उहाँसँग छोटोमिठो कुराकानी भयो’, भीमकृष्ण उदासलाई उदृत गर्दै पत्रकार धमलाले भनेका छन्, ‘नेपाल–भारत सम्बन्धका बारेमा पनि कुराकानी भयो ।’
राहुल गान्धीसँग निजी चिकित्सक बलिउड अभिनेता अमिताभ बच्चनका आफन्त रहेको जनाइएको छ । डिनर मिटिङमा राहुल गान्धीसँग दुवै साथी रहेको भीमकृष्ण उदासले बताएको पत्रकार धमलाले जनाएका छन् ।
सुम्निमा उदाससँगको डिनर मिटिङमा राहुल गान्धीले लाजिम्पाट उत्तरढोकामा रहेको भुटु फुड बुटिक रेष्टुरेण्टमा गरेका थिए । राहुल र सुम्निमाले सो रेस्टुरेण्टमा नेवारी मिट प्वाटर, दार्जिलिङ मम, चिकेन कुरकुरे तथा बँदेलको मासु खाएको सञ्चालक डिजे राजु सिंहले बताएका छन् ।
अमेरिकन टेलिभिजन सिएनएनमा कार्यरत रहँदा सुम्निमा उदास र राहुल गान्धीको प्रेम सम्बन्ध रहेको भनेर भारतीय सञ्चारमाध्यमहरूले समाचार सार्वजनिक गरेका थिए ।
भारतको नयाँदिल्लीमा बसेर सुम्निमा उदासले केही समय सिएनएन टेलिभिजनमा काम गरेकी थिइन् । सुम्निमा नेपालमा अन्तर्राष्ट्रिय बुद्धिष्ट संग्राहलय बनाउने परियोजनामा कार्यरत रहेको बताइन्छ ।
1 प्रतिकृया प्राप्त “यी हुन् राहुल गान्धीकी नेपाली गर्लफ्रेण्ड ! गोप्य भेटघाट”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
समाचारको स्रोत सही हो त ? ऋषि धमला त फटाहा हो ।